यी ४ कार्य सकेपछि पवित्र बन्न नुहाउनैपर्छ

प्रकाशित मिति:

एजेन्सी –प्रायजसो मानिसहरु बिहान उठेपछि फ्रेस हुनको लागि नुहाउने गर्दछन् । त्यसो त दैनिक जीवन यापन कसरी सहज बनाउने विषयमा शास्त्रहरुमा विभिन्न तौर तरिकाका विषयमा उल्लेख गरिएको छ ।चाणक्य शास्त्रअनुसार यस्ता चार कार्यहरुमा महिला होस् या पुरुष कार्यसिद्धिपछि पवित्रताका लागि नुहाउनुपर्ने उल्लेख गरिएको छ । त्यस्तो चार कार्य यस्ता छन्–

तेल मालिस गरेपछि नुहाउनुपर्छ चाणक्यले शास्त्रअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिस गर्नुपर्छ । तेल मालिसपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिस गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो स्वास्थ्यमा असर पुर्‍याउन सक्छ ।

शारीरिक सम्बन्धपछि नुहाउनुपर्छ स्त्री होस् या पुरुष शारीरिक सम्बन्ध गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि सम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

कपाल काटेपछि नुहाउनुपर्छ चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स९साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।