नेवि संघले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

प्रकाशित मिति:

काठमाडौं । नेपाल बिद्यार्थी संघ पाल्पा–काठमाडौँ सम्पर्क समितिले एसईई र प्लस टु मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई भब्य समारोहबीच सम्मान गर्ने भएको छ ।यहि साउन २४ गते शुक्रबार काठमाडौँमा कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमका बीच २०७५ सालको  एसईई र प्लस टु उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न लागेको हो ।

नेवि संघले बिगतका वर्षहरुमा झैं यसबर्ष पनि सम्मान गर्न लागेको हो । नेपाली कांग्रेसका युवा नेता तथा नेवि संघ पाल्पा–काठमाडौँ सम्पर्क समितिका सल्लाहकार हिमालदत्त श्रेष्ठले विद्यार्थीहरुलाई हौसला र प्रेरणाका लागि सम्मान गर्न लागिएको जानकारी दिए । उनले भने,‘कुनै स्वार्थ नराखी विगत १५ बर्षदेखि उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आइरहेका हौं । कार्यक्रममा एसईई र प्लस टुमा जिल्ला तथा क्षेत्रबाट सर्बोत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाइ सम्मान गरिनेछ । सोही समारोहमा प्राध्यापक संघका महासचिब केशब शर्मा, प्राडा विष्णु खनाल र प्राडा हिरण्यमान सिंहलाइ पनि सम्मान गर्ने कार्यक्रम छ ।शम्भु आचार्यको संयोजकत्वमा हुन लागेको कार्यक्रममा अतिथिको रुपमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र सांसद पुष्पा भुषाललाई निम्ता गरिएको आयोजकले जनाएको छ ।