सांसद शान्ता चौधरी ११ कक्षामा भर्ना भईन

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरेकी चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।

कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । शान्तले दाङकै निलम थापाले पनि रत्नराज्य माविमा कक्षा ११ मा भर्ना गराएकी छन् । निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् । ११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।