आज सुनकाे भाउँ बढेन : ताेलाकाे ७० हजार रुपैयाँ

प्रकाशित मिति:

काठमाण्डाै – सुनचाँदीको भाउमा आज शुक्रबार कुनै घटबढ भएको छैन । सुनकाे भाउ आज पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि नै भाऊ बढेर लगातार कीर्तिमान बनाइरहेको सुनको भाउ हिजो बिहीबार तोलामा ५ सय बढेर ७० हजार पुगेको थियो । चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।