साम्राज्ञीका फरक फरक अबतार

२४ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । केही हप्तायता उनी फिल्मका कारणले भन्दा पनि व्यक्तिगत कारणले चर्चामा थिइन् । अहिले भने साम्राज्ञी फिल्ममय बनेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘मारुनी’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी एक प्रेमिकाका रुपमा देखिनेछिन् । योसँगै दशैँमा रिलिज हुने भनिएको चलचित्र ‘रातो टीका निधारमा’ मा पनि उनलाई देख्न सकिनेछ ।

बिहीबार राजधानीमा चलचित्र ‘रातो टीका निधारमा’ फिल्मको गीत रिलिज कार्यक्रममा थियो । कार्यक्रममा साम्राज्ञी हरियो सारीमा सजिएर आएकी थिइन् । त्यसैले पनि होला, धेरैको ध्यान उनको पहिरनमा गएको थियो । कार्यक्रम हुँदै गर्दा साम्राज्ञीलाई सोधियो – सारीमा हिँड्दा कत्तिको सहज महसुस गरिरहनुभएको छ? साम्राज्ञीले भने आफूलाई सारी लगाउँदा असहज हुने गरेको बताइन् । उनले भनिन्, ‘सारी लाउँदा राम्री देखिन्छ तर असहज महसूस हुन्छ, हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’

साम्राज्ञीलाई प्रायः बोल्ड रुपमा देखिन्छ । उनले यही लूकमा आफूलाई सहज हुने बताइन् । साम्राज्ञी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । छानेर मात्र फिल्म खेल्ने बताउने साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवैको भूमिका राम्रो लागेकाले फिल्ममा अभिनय गर्न राजी भएको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर