खुट्टामा ब्यान्डेज गरेर जिम गर्दै मेस्सी

प्रकाशित मिति:

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोटका कारण आराममा छन्। तर चोट लागेको खुट्टामा ब्यान्डेज गरेर जिम गर्दै गरेको उनको भिडियो सार्वजनिक भएको छ। कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी सोमबार अभ्यासको पहिलो दिनमै घाइते भएका थिए। अर्जेन्टिनाबाट कोपा अमेरिका खेलेका उनी सोमबार पहिलो अभ्यासमा थिए।

मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो । यसैले सोमबार अबेर अमेरिका भ्रमणमा जाने टोलीसँग उनी गएनन्। अहिले नयाँ सिजन सुरु हुनुअघि ठीक हुने मेहनतमा मेस्सी लागिरहेका छन्। बार्सिलोनाले आइतबार नापोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ। घाइते हुनुअघि आइतबार राति इंग्लिस क्लब आर्सनललाई २-१ ले हराएर जोआन ग्याम्पर ट्रफीको उपाधि जित्दा मेस्सी बेञ्चमा नै थिए।