रोट्याक्ट डाउन टाउनद्धारा रक्तदान

प्रकाशित मिति:

बुटवल । आफ्नै लागी रक्तदान भन्ने मुल भावका साथ रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रक्तदान गर्न उत्प्रेरणा दिने उदेश्यले आफ्नै लागी रक्तदान नारा तय गरी गरिएको रक्तदानमा ४० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सनराईज वैकका प्रदेश प्रमुख राजेन्द्र घिमिरेले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरेको भन्दै क्लबको प्रसंसा गरे । उनले रक्तदानले कसैको जिवन बचाउनछ भने त्यो भन्दा पुन्य काम अरु हुन नसक्ने बताए । आफूले पनि रक्तदान गर्दे उद्योग वाणिज्य संघका प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठले रक्तदान जिवन दान भएको बताए । उनले विहिवार ५१ औ पटक रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाईटी ब्लड वैकमा भएको कार्यक्रममा रोटरी क्वल अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्ष भिमराज श्रेष्ठ, सचिव सौरभ भूसाल कार्यक्रम संयोजक प्रतिमा थापा लगायतले बोलेका थिए ।