बालकमाथि जबरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा एक पक्राउ

प्रकाशित मिति:

दाङ-दाङमा १३ बर्षीय बालकलाई जबरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका ५ बस्दै आएका ४३ बर्षीय मुविन राही रहेको प्रहरीले जनाएको छ । आफ्नै कोठामा रहेको बेला आफुलाई जबरजस्ती अप्राकृतिक मैथुन गरेको बालकले वयानमा बताएको प्रहरीको भनाइ छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थायी घर भएका राही हाल तुल्सीपुरमा घरमा रंगरोगन गर्ने काम गर्दै आईरहेका थिए । घटना साउन १७ गते रातीको भएपनि र अभिभावकले पछि मात्रै थाह पाएर मुद्धा दर्ता गरेकाले घटना ढिलो मात्रै बाहिरिएको बाँके जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

थप समाचार