अमेरिकाले ३ सय आप्रवासीहरूलाई गर्‍यो थुनामुक्त

प्रकाशित मिति:

अमेरिकाले तीन सय जना आप्रवासीहरूलाई थुनामुक्त गरेको छ । मिसिसिपी राज्यमा आप्रवासीहरूमाथि गरिएको ठूलो कारबाहीको क्रममा पक्राउ परेकामध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन् ।

मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए । सो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्या्टिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको भर्त्सना गरेका छन् । तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन् ।