असोज १० गते ‘रातो टीका निधारमा’प्रदर्शनमा आउने

२४ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौँ –अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार सार्वजनिक गरिएको ‘मेरो माया के हो रु’ बोलको गीतमा प्रदर्शन मिति नराखे पनि बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै निर्देशक शर्माले फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउन जानकारी दिएका छन् । अहिलेसम्म यो डेटमा अरु फिल्मले प्रदर्शन मिति तोकेका छैनन् । यसअघि यो मितिमा दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आउने चर्चा थियो । तर, प्रभास स्टारर फिल्म ‘साहो’ को डरले भाद्र १३ गतेबाट ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुने भएपछि दीपकराजले एक हप्तापछि फिल्म प्रदर्शन नगर्ने घोषणा गरे । उनको तर्क छ, ‘कबड्डी ३’ प्रदर्शनमा आएको एक हप्तापछि फिल्म रिलिज गर्दा हल पाइन्न । बरु, भाद्र २७ मा आउँछौं ।’

‘कबड्डी ३’ टिमलाई प्रदर्शन मितिमा पूर्नविचार गर्न आग्रह गरिरहँदा दीपकराजको हातबाट असोज १० गतेको मिति पनि उम्किएको छ । निर्देशक शर्माले ‘छ माया छपक्कै’ लाई चेपुवामा पार्न यो चाल चालेको कतिपयको विश्लेषण छ । भादै २७ को जाल फ्याकेर दीपकराजको टिम घटस्थापनाको छेको अर्थात् असोज १० मै फिल्म रिलिज गर्ने तयारीमा थियो । तर, अब यो ढोका पनि बन्द भएको छ । फूलपातीमा आउने चर्चा भएको अभिनेत्री साम्राज्ञी आरएल शाह स्टारर फिल्म ‘रातो टीका निधारमा’ ले घटस्थापन रोजेपछि ‘छ माया छपक्कै’ को प्रदर्शन मिति थप अन्योलमा परेको छ । कतै गत वर्षझैँ दीपकराज गिरी र निर्देशक अशोक शर्माबीच प्रदर्शन मितिमा सहमति जुटेको त होइन रु गएको दशैंमा ‘छक्का पञ्जा ३’ घटस्थापना र फूलपातीमा ‘जय भोले’ प्रदर्शन गर्ने दुईबीच सहमति भएको थियो ।

यस वर्षको घटस्थापना अशोकलाई दिएर दीपकराजले फूलपाती रोजेको हुनसक्ने आँकलन फिल्मवृतमा सुरु भएको छ । केही दिनयता दुईबीच फिल्मको प्रदर्शन मितिलाई लिएर पटक(पटक छलफल भइरहेको थियो । बुधबार सार्वजनिक गरिएको गीतमा प्रदर्शन मिति नराखेका निर्देशक शर्माले त्यसको २४ घण्टामा फिल्मको प्रदर्शन मिति फेसबुकमार्फत् घोषणा गर्नुलाई सामान्य रुपमा हेर्न सकिन्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही