मुख्यमन्त्री राईद्वारा रङ्गशाला निर्माणमा जोड

प्रकाशित मिति:

काठमाडौँ –प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।“उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने । मुख्यमन्त्री राईले निर्माणाधीन रङ्गशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

उद्यान, सङ्ग्रहालयलगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिए ।