प्रशासनले तीजमा कडाइ गर्दा व्यवसाय डुब्ने रुपन्देहीका व्यवसायीको चिन्ता

प्रकाशित मिति:

बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको बिज्ञप्तीप्रति ब्यवसायीले आपत्ती जनाएका छन् । बुटवलमा आज बिहान पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यबसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी संघले संयुक्त रुपमा आपत्ती जनाउदै ध्यानाकर्षण भएको जनाएका हुन् । ब्यबसायीको ब्यबसाय गर्न पाउने अधिकार प्रशासनले खोस्न खोजेको उनीहरुले भनाइ छ । प्रशासनबाट गरिएको आग्रहले हाम्रो ब्यबसायमाथि घुमाउरो अंकुश लगाउन खोजिएको प्रदेश न ५ संयोजक तथा जिल्ला अध्यक्ष लक्ष्मण पोखरेलले बताउनु भयो ।

प्रशासनले चाडबाडमा सुरक्षा ब्यबस्था बढाउनुको साटो तीजको मर्म बिपरित संस्कृतीमाथि नै बन्देज लगाउन खोज्नु दुर्भाग्य भएको पोखरेलले बताउनु भयो । जल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते बिज्ञप्ती निकाल्दै तीजको दर खाने नाममा अहिले देखि होटल र पाटी प्यालेस बुकिङ गर्न सुरु गरीसकेको जानकारी आएको भन्दै होटल रेष्टुरेण्टमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदुषण हुने कार्य नगर्न आग्रह गरेको थियो । तीज लगायतका चाडबाडमा खासगरि शहरमा बसोबास गर्ने दाजुभाई दिदिबिहीनीको सबैको आफ्नो घर पनि नहुने र रमाइलो गर्ने खानपान गर्ने ठांउ नै होटल रेष्टुरेन्ट,पार्टी प्यालेस भएको उनीहरुको भनाइ छ ।
उनीहरुले चाडबाडका बेला सुरक्षा सर्तकता बढाउन आग्रह गरेका छन् । प्रशासनको अनावश्यक कडाइले हाम्रो अर्बौको लगानी डुब्ने संभाबनालाइ मध्यनजर गरिदिनुहुन कोषाध्यक्ष बलराम पौडेलको आग्रह छ ।  प्रदेश ५ मा करिब ५सय क्याटरिङ ब्यबसायीरहेका छन् ।