ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंमा एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ –महानगरपालिका–१५ ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ठूलो भ र्‍याङको मुख्य सडकमा ना ७ख १३८१ नंको ट्रकले बा ४५ प २७७४ नंम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।