तिलोत्तमामा गुल्मीमा गएको पहिरो पीडितलाई राहत संकलनका लागि प्रत्यक्ष कला शिबिर

प्रकाशित मिति:

इज्ज़त कंडेल – तिलोत्तमा /नेपाल कमर्शियल आर्टिष्ट संघले २०७६ साउन ६ गते गुल्मीको सत्यवती गाउपलिकामा गएको पहिरोबाट पीडितलाई सहयोगको लागि तिलोत्तमा नगरपालिकाको कोटिहवामा लाईभ आर्ट क्याम्प आयोजना गरेको छ । कार्यक्रममा सुमित्रा राना,जिया थापा,बिक्रम तरामु,राजु खड्का,हरि थापा,अमर छेत्री ,रिक्क्यी नेपाली,सुदर्शन पन्थ ,अन्कित गुप्ता,डोल बहादुर आले,कुल्दीप थापा ,सन्तोष गुरुङ , सन्तोष नेउपाने गरि जम्मा १३ जना चित्रकारको सहभागिता रहेकोे थियोे । सबै चित्रकारले दैबी प्रकोप झल्काउने चित्र कोरेका थिए ।

समाजमा केही सहयोग गरि थोरै भए पनि पिडामा मलम लगाउने कोसिस गरेको कार्यक्रम सम्योजक बिक्रम तरामुले बताउनुभयो । कार्यक्रममा ति।न।पा। १५ का रुपन्देहीका वडा अध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यतामा नेपाल कमर्शियल आर्टिष्ट संघका अध्यक्ष एच।बि। रम्तेल्को अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बुटबल ललितकला प्राज्ञका सदस्य यम थापाको पनि उपस्थिति रहेकोे थियो। यस्तो खालको कार्यक्रमबाट जनतासामु सकारात्मक सन्देश जाने र समाजमा हुने येस्तो खालको बिपत्तिमा जुट्नको लागी प्रेरित गर्ने कुरा कार्यक्रमका प्रमुख अतिथिले बताउनुभएको थियो । बिहान १०बजेबाट ५:३० सम्म चित्रकला कार्यक्रम र साझ ७बजे मृतकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सप्पन्न गरिएको थियो । उक्त कार्यक्रममा गरिएको चित्रहरुबाट प्रभावित भएर सहयोगी दाताबाट रू।१५०३६ रुपैया संकलन भएको छ ।उक्त सम्पूर्ण रकम बाढीपहिरोबाट पीडितहरुको लागि सहयोगमा खर्च गरिने कर्यक्रम संयोजक तरामुले बताउनुभयो । चित्रकार अमर छेत्रीले पनि यस्त खल्का कार्यक्रमले चित्र कोर्न अझ उर्जा दिने कुरा बताए । कार्यक्रमको संचालन लिस्नु क्लबका सचिवले गर्नु भएको थियो ।