रोट्रयाक्ट जोन १२ मा एक दिने सेमिनार सम्पन्न, २ सय ५० जनाको सहभागिता

प्रकाशित मिति:

विष्णु खत्री,सैनामैना रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका जोनल क्लवहरु मध्ये जोन १२ को आयोजनामा एक दिने सेमिनार सम्पन्न भएको छ ।बुटवलको अमरपाली कटेज एण्ड रेष्टुरेष्टमा शनिबार भएको सेमिनारमा जोन १२ अन्तर्गतका १२ वटा क्लवहरुका रोट्रयाक्टरहरुलाई रोट्रयाक्टको परिचय, प्रेसिडेन्ट, सेके्रटरीको कर्तब्य तथा जिम्मेवारीका बिषयमा प्रशिक्षण गराइएको हो । क्लवमा रहेका चार वटा एभिन्यु अन्तर्गत क्लव सर्भिस डाईरेक्टर ,कम्युनिटी सर्भिस डाईरेक्टर, प्रोफेसन्ल सर्भिस डाईरेक्टर र ईन्टरनेशन्ल सर्भिस डाईरेक्टर लगायतका पदमा रहेका रोट्रयाक्टरहरुको कर्तव्य र उत्तरदायित्वको बारेमा जानकारी गराइएको जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारीले जानकारी दिनुभयो ।

तालिममा जोन १२ का क्लवहरुबाट उत्साहजन सहभागिता रहेको बताउँदै रोट्रयाक्टहरुका लागि यस्ता तालिम निरन्तर प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । देशभरका रोटयाक्ट क्लबहरु सक्रिय बन्न अनुरोध गर्दै डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ स्नेहा शाक्यले क्लबका सदस्यहरुको क्षमता अभिबृद्धिका लागि तालिम तथा सेमिनारहरुको आयोजना गर्दै जानुपर्ने बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएकी शाक्यले आफ्नो कार्यकालमा सक्षमता र साझेदारी नारा रहेको बताउँदै सबैलाई सोही अनुरुप कार्य गर्न समेत आग्रह गर्नुभयो । जोन १२ को उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो ।

एसिसटेन्ट डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ उमानाथ अधिकारी उमेशले व्यक्तिको नेतृत्व तथा व्यक्तित्व बिकासका लागि रोट्रयाक्ट क्लबले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
सो अवसरमा डिष्ट्रिक लिडरसिप टे्रेनरर आशिव कर्मचार्य, जोन १२ का वर्ष २०१७÷०१८ का जेड.आर.आर बाल कृष्ण भण्डारी,प्रशिक्षक द्धय साविकराज न्यौपाने, प्रवाश रोयले बोल्दै महत्वपुर्ण सहभागिताका लागि सबैमा धन्यवाद दिँदै क्लबमा सहभागि भएपछी सदस्यमा सिर्जनशिलताको विकास हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । साथै उहाँहरुले यो सहभागिता र उत्साहलाई निरन्तरता दिन क्लव प्रेसिडेन्ट सँगै सम्पुर्णमा आग्रह गर्नुभयो ।

यसैगरी सहभागिहरुका तर्फबाट रोट्रयाक्ट क्लव अफ तिनाउ बुटवलका प्रेसिडेन्ट नम्रता अर्याल, रोट्रयाक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका नोमीनी प्रेसिडेन्ट बरुण ज्ञवाली, लुम्बिनी सिद्धार्थनगरकी नम्रता सिंह क्षेत्री लगायतले बोल्दै तालिम प्रभावकारी भएको बताउनुभयो । साथै उहाँहरुले यस्ता खालका तालिमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सेमिनार जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ मिलन भण्डारीको अध्यक्षता, डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ स्नेहा शाक्यको प्रमुख आतिथ्यता, एसिसटेन्ट डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ उमेश अधिकारी, डिष्ट्रिक लिडरसिप टे्रेनरर आशिव कर्मचार्य,एसिसटेन्ट डिष्ट्रिक सेक्रेटरी लक्ष्मण खरेल, एसिसटेन्ट डिष्ट्रिक टे्रजरर बिक्रम क्षेत्री,डिष्ट्रिक कमिटी मेम्बर दिनेश अग्रवाल, प्रशिक्षक द्धय साविकराज न्यौपाने, प्रवाश रोय,जोन ११ का जेडआरआर प्रकाश कुमार शर्मा लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ तुल्सीपुरका प्रेसिडेन्ट नबिन राईको स्वागत तथा जोन १२ का जोनल सेक्रेटरी कृष्ण भुसालको संचालनमा सम्पन्न भएको थियो ।

तालिममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सम्पुर्णमा मायाको चिनो प्रदान गर्नुका साथै सम्मान समेत गरिएको थियो । १२ वटा क्लव मध्ये सबै भन्दा धेरै सहभागिता गराएर रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहले प्रथम अवार्ड हात पारको छ । यसैगरीे रोट्रयाक्ट क्लव अफ बुटवल साउथ दोस्रो हुँदै अवार्ड हासिल गरेको छ । यस्तै रोट्रयाक्ट क्लव अफ सैनामैना तेस्रो भएको छ । तालिममा ११ वटा क्लवका २ सय ५० जना रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो । तालिम ३ वटा सेसनमा संचालन गरिएको थियो । जोन १२ मा रोट्रयाक्ट क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्रयाक्ट क्लव अफ लुम्बिनी वाणिज्य क्याम्पस, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लव अफ रमापिथेकस, रोट्रयाक्ट क्लव अफ रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदह, रोट्रयाक्ट क्लव अफ तुल्सीपुर, रोट्रयाक्ट क्लब बुटबल सिर्नजी, रोट्रयाक्ट क्लव अफ दाङ र रोट्रयाक्ट क्लव अफ तिनाउ बुटवल रहेका छन् ।