एनआरएन आइसिसी निर्वाचनमा डा पौडेलको महसचिवमा उम्मेदवारी

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं । प्रवासी नेपाली संघ ‘एनआरएनए’ को विश्व निर्वाचन जतिजति नजिकीदैंछ चुनावी सरगर्मी उतिनै तातेको छ । नेपालको बिकासको लागि सदा चिन्तित रहिरहने र आफ्नो तर्फबाट सहयोग जुटाउन हरसम्भव प्रयासरत डा. केशब पौडेलले महासचिब पदको लागि उम्मेदवारी दिने भएका छन । डा. पौडेल अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीकोे हितमा आवाज बुलन्द गर्न काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा महासचिब पदका लागि चुनाबी मैदानमा उत्रिने भएका हुन । तनहुँ, सतिस्वारा गाबिस ९ का स्थानीय डा. पौडेलको परिवार हाल पनि व्यास नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका छन ।

विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय उनी त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी युनियनको सभापती, फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, लगायत बिभिन्न संघमा नेतृत्व पंक्तिमा रहेर कार्यसम्पादन गरिसकेका डा. पौडेल लामो समय देखी अमेरिकाको न्यु मेक्सिको राज्यमा बसोबास गर्दै आएका छन । एनआरएनए अमेरिकाको ४ बर्षे कार्यकाल सम्हालेका पौडेल पेसाले चिकित्सक हुन । डा.पौडेलले एनआरएनए मेम्बरसिप कार्डको ब्यवस्था, अमेरिका मेन स्ट्रिममा नेपालीहरुको प्रतिनिधित्व लगाएतका महत्वपूर्ण कामहरु ग्रिसकेका छन् भने यो चुनावमा निर्वाचित भएर आगामि दिनमा गैर आवासिय नेपालीहरुको हितको पक्षमा कृयाशिल रहन अवसर मिल्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया