अमेरिका आउने विद्यार्थीलाई सहयोगका लागि नेबिसंघले बनायो संयन्त्र

प्रकाशित मिति:

अमेरिका। विश्वभरबाट उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरु अमेरिका आउने क्रम सुरु हुँदा नेविसंघ अमेरिकाले नेपाली विद्यार्थीहरुका लागि सहयोग अभियान सञ्चालन गर्ने भएको छ।नेपालबाट बर्षेनी करिब ६ हजारको हाराहारीमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु अमेरिका आउने गर्दछन। अमेरीकी विश्वविद्यालयहरुमा २०१८ को शैक्षिक सत्र अगस्टको तेस्रो साता देखि सेप्टेम्वरको पहिलो साता सम्ममा ओरनटेसन शुरु हुने गर्दछ।

नेपालबाट आएपछि अथवा नेपालबाट आउने क्रममा विद्यार्थीहरु माझ त्यहाँको ठाउँ, अवस्था र अन्य विषयमा सम्पूर्ण ज्ञान भइनसक्ने र नयाँ ठाउमा धेरै विद्यार्थीहरुले अनायसमा दुख नपाउन भनेर आफूहरुले अभियान सञ्चालन गर्न लागेको नेविसंघ अमेरिकाका संयोजक प्रभात सापकोटाले बताए।नेपालबाट आइसकेको केही समय यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल हुनका लागि नेविसंघ अमेरिकाले विभिन्न राज्यहरुमा अध्ययन अथवा कामको शिलशिलामा रहेका नेपालीहरुको सहायतामा सोहि ठाउँका कलेज, यूनीभर्सीटीमा आउने नयाँ विद्यार्थीहरुलाई सम्भव भए सटल, एयरपोर्ट टु ईन्टरनेसनल स्टूडेण्ट्स अफीस या डरमीटोरीसम्म, विमानस्थलदेखि विश्वविध्यालय अन क्याम्पस या अफ क्याम्पस सम्म आउन सहयोग गर्ने सापकोटाले बताए।अमेरिकामै अध्ययनरत अग्रज, सोफमर बिद्यार्थी, नेपाली बिद्यार्थी समुदायसंग एडजस्टमेन्टको लागी मद्धत गर्ने र अन्य सुचना तथा जानकारी दिने कार्यमा सहजीकरण गर्ने पनि उनले बताए। नया आउने विद्यार्थीहरुले आफ्नो गन्तब्यका विभिन्न स्थानमा फोकल पर्सन पनि तोकेको छ।