प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
38 Shares

File

काठमाडौँ – शुक्रबार, आइतबार हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सुरुमा शुक्रबार नेपाल फर्कने बताइएको थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाइ लम्बिएको हो । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही