सत्यवतिका पहिरो पिडितहरुलाई गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग ।

प्रकाशित मिति:

कौरव खत्री  गुल्मी २६साउन । गुल्मी सत्यवतिका पहिरो पिडतिहरुको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शनिवार सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घाका पहिरो पिडतिहरुको दुखमा केही मलमपट्टी लगाउनका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा उठाइएको नगद रु २लाख,२९ हजार नगद आर्थिक विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले सत्यवति गाँउपालिकाका पहिरो पिडतिहरुको सहयोगार्थको लागि अष्ट्रेलियाका विभिन्न स्थानहरुमा सहयोग संकलन अभियान मार्फत उक्क्त रकम संकलन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सल्लाहकार समितिका सदस्य भिमलाल सापकोटा मार्फत पहिरो पिडितका रकम पठाइएको थियो । नेपालका विभिन्न स्थानबाट रोजगारीको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका नेपालीहरुबाट उक्क्त संस्था मार्फत संकलन गरिएको नगद विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाले गाउँपालिकालाई प्रदान गरेकी हुन ।

उक्क्त राहत रकम हस्तान्तरण कार्यक्रम सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घाका वडाअध्यक्ष दान बहादुर रानाको अध्यक्षता तथा विपि फाउण्डेसल प्रदेश नं. ५ का सह– संयोजक बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, महिला विभाग सदस्य कमला पन्थी, महिला विभाग सदस्य बसन्ती पन्थी,नेपाल महिला संघ रेसुङ्गा नगर कार्यसमितिका सभापति सिता पाण्डे,नेपाल महिला संघकी क्षत्रीय सदस्य सिता आचार्य, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा सभापति जमुना न्यौपाने,गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउशाखाका प्रतिनिधि लक्ष्मी ज्ञवाली,सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली,नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं. ४ का वडा सभापति गंगा बहादुर शाही, लगायत समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।