प्रदेश ५ मा भोली सोमबार सार्वजनिक बिदा

प्रकाशित मिति:

बुटवल – प्रदेश नं ५ मा भोली सोमबार बकर इदको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले अघिल्लो बर्षपनी बिदा दिएको थियो ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।