शेर बहादुर सुनार भन्दा अरु विकल्प कोहि छैनन्:- निबर्तमान अध्यक्ष गुरुङ

प्रकाशित मिति:

लम्जुङ्ग समाजका निबर्तमान अध्यक्ष बोहत गुरुङले एनआरएनए युकेको सेप्टेम्बर महिनामा हुन गहिरहेको आसन्न निर्बाचनमा शेर बहादुर सुनार भन्दा अरु विकल्प कोहि नरहेको दाबी गरे । केहि हप्ता अगाडी लम्जुङ्ग समाजको बार्षिक भेटघाटको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्नु हुदै,अध्यक्षका प्रत्याशी सुनारलाई एनआरएनए युकेको वर्तमान उचाईलाई कायम राख्न र नयाँ उचाईमा ल्याउन उहा भन्दा अरु विकल्प कोहि नरहेको पुस्टि गरे । उपाध्यक्ष पनि हाम्रै आसिर्बाद ले भएका र आफुले ३५ बर्ष देखि सगै संगत गरेर हातेमालो गर्दै हिडेकोले, उहा निकै सरल, सभाब तथा सहयोगी समाजसेबीको कारणले आफ्नै कुलको बैनीलाई छोडेर, उहाले आहिलेसम्म लगाएको गुनलाई सम्मान गरेको र सम्पूर्ण नेपालीहरुलाई उहाप्रति सहयोग गर्न अपिल गरे ।

१३ वर्ष अगाडी स्थापना भएको लम्जुङ्ग समाज युके को स्थापना काल देखि आजसम्म उहाको योगदान हाम्रो मुटुमा छाप परेको र सोहि योगदानको सम्मान हामीले तिर्नु पर्ने र यो हाम्रो कर्तब्य पनि रहेको कुरामा उहाले जोड दिए ।निबर्तमान अध्यक्ष बोहत गुरुङले व्यक्तिगत हित भन्दा सस्थागत हितको लागि अगाडी बढ्न सम्पूर्णमा आग्रह गरे, एनआरएनए युकेको स्थापनाकालदेखि लागेका वर्तमान कार्यसमितिका उपाध्यक्ष शेर बहादुरले लम्जुङ्ग समाजको हरेक कार्यक्रममा शत प्रतिसत चन्दा दान गर्नु भएको बताए । आइतबार ७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी आफ्नो ममतामयी आमाको आर्शिवाद लिंदै संघसंस्था अध्यक्ष एवं प्रतिनिधि, आफन्तजन, ईष्टमित्र, साथीभाइ, पत्रकार, शुभचिन्तक र बेलायतवासी नेपालीहरुको बिशेष उपस्थितिमा १५ वुँदे प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

आजभन्दा ५६ वर्षअघि साविक बिचौर गाउँ विकास समिति, हालको दुधपोखरी गाउँपालिका लमजुङ्गमा जन्मिएका सुनारले स्थानीय बागीश्वरी माध्यमिक विद्यालयबाट एस।एल।सी। उत्तिर्ण गरी लमजुङ्गमै पढाईरहेको अवस्थामा सन् १९८५ सालमा दि ब्रिगेड अफ गोर्खाजमा भर्ति भए । १८ बर्षको गोर्खा आर्मीको सेवा सन् २००३ सालमा अवकाश पाएका सुनार एनआरएनएको स्थापना भएको साल अर्थात् सन् २००३ साल देखि नै नेपाली समुदायसँग हातेमालो गर्दै आएका छन् । उक्त बार्षिक भेटघाट कार्यक्रममा बोल्दै उनले एनआरएनए युकेलाई नयाँ उचाईमा ल्याउन सबैको राय, सल्लाह र सुझावलाई ह्दयगमन गरी संस्थाको कार्यक्रम र अभियानलाई पूर्ण सफल बनाउनु नै आफ्नो पहिलो प्राथमिकता रहने, नागरिकताको अभियानलाई निरन्तरता दिने, भूपू गोर्खाजहरुका हकहित संरक्षणार्थ स्थापना भएका संघसंस्थाहरुसँग समन्वय गरी उनीहरुको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन आवश्यक पहल गर्ने बताए ।