लायन्स मणिमुकुन्द युथद्वारा रक्तदान कार्यक्रम सम्पन्न !

प्रकाशित मिति:

बुटवल – रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित गर्ने उदेश्यले रक्तदान हामी सबैको लागि नारा तय गरि गरिएको हो । रक्तदानमा ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लक्ष्मण कुँवरले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्टिक ३२५ बि २ का डिस्टिकको चिफ ऐडभाइजर अर्जुनमान सैजुले रक्तदान जस्तो महत्त्वपूर्ण साथै यो नारा सहितको रक्तदान गरेको भन्दै क्लबको उच्च प्रसंसा गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री , पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल , लियो क्लबका अध्यक्ष सन्तोष खरेलको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन क्लबका सचिब माधब नेपालले गर्नुभएको थियो साथै मन्तब्य कार्यक्रम संयोजक खिलाराज अधिकारीले गरेको लियो उपाध्यक्ष भरत जंग क्षेत्रीले सबलपोस्ट डटकमलाई जानकारी दिनुभयो ।