देशभर भोलि बकरिद पर्व मनाइदै

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
54 Shares

File

विराटनगर – इस्लाम धर्मावलम्बीको महान चाड बकरिद ९ईदुजोहा० सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी ९बलि० दिने गर्दछन् ।
बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया