भारतीय कंग्रेसको अध्यक्षमा सोनिया

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
88 Shares

कंग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धी

सबलपोस्ट/बुटवल –  राहुल गान्धीले अध्यक्ष पदबाट राजिनामा दिएको अढाई महिनापछि बसेको भारतिय कंग्रेसको वर्किङ कमिटीको बैठक ले ७२ वर्षे सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको छ । वर्किङ कमिटीको बैठकमा राजिनामा दिइसकेका राहुललाई नै पुनः अध्यक्षमा फर्कन धेरैले आग्रह गरे पनि राहुलले आफू अब अध्यक्षमा फिर्ता नहुने अडान लिए पछी बैठकले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो ।तेस्तै बैठकले राहुल गान्धीको कार्यकालको प्रसंसा गर्दै धन्यवाद उनलाई धन्यबाद ब्यक्त गरेको छ ।

गान्धी परिवारभन्दा बाहिरको नेतृत्व चयन गरिने चर्चा चलेको भए पनि बैठक १२ घण्टासम्म लम्बिदा पनि वैठकले अध्यक्ष चुन्न नसके पछी पुना सोनिया गान्धिले नेतृत्व लिएकी हुन । भारतिय कांग्रेसको विधान अनुसार कार्यसमितिलाई अंतरिम अध्यक्ष छान्न पाउने अधिकार छ ।आगामी छ महिना भित्र बसने भारतिय कांग्रेस प्लेनरी सत्रको बैठकले पूर्णकालिन अध्यक्ष तय गर्ने छ ।अबको पूर्णकालिन अध्यक्ष पनि एक कार्यकाल सोनिया गान्धीनै बन्ने सम्भाबना रहेको बताइएको छ ।

सोनियाले पहिलो पटक सन् १९९८ मा कंग्रेस अफ्ठ्यारो समयबाट गुर्जिरहदाँ अध्यक्ष पद सम्हालेकी थिइन् । त्यसबेला उनी कंग्रेसको इतिहासमै सबैभन्दा लामो समय अर्थात १९ वर्ष अध्यक्ष पदमा रहेकी थिइन । भारतिय कांग्रेसको नेतृत्वमा लगातार गान्धी परिवारनै रहने भन्दै उक्त पार्टिले परिवारबादको आरोप झेल्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया