झिरेली दाईलाई सहयोग

प्रकाशित मिति:

बुटवल, साउन २६ । क्षितिज इन्टरनेशनल कलेज बुटवल बिबिए छैठौ संकायका विद्यार्थीहरुले रुपन्देहीको तिलोत्तमा मणिग्राममा क्षितिज साँझ सम्पन्न गरेका छन् । क्षितिज साँझ गरी उनीहरुले कञ्चन गाउँपालिका वडा नं ३ गरगरेका बहादुर गन्धर्व (झिरेली दाई) लाई सहयोग गरेका हुन ।  क्षितिज साँझ गरी जम्मा भएको नगद १० हजार सहित ग्यास चुलो सेट, किचन सामग्री, विस्तरा, २ सय केजी चामल दाल, चिनी नून तेल लगायत खाद्य सामग्री पनि प्रदान गरिएको कार्यक्रम संयोजक बोनिश सेनले जानकारी दिए । झिरेली कञ्चल गाउँपालिकाका व्यक्ति हुन ।  उनीले शनिबार झिरेली दाईलाई उनकै घरमा पुगेर सामग्री हस्तान्तरण गरेका छन् । आगामी दिनमा पनि पनि यस्तै सहयोग गर्दै जाने विद्यार्थीहरुले बताएका छन् । क्षितिज साँझ न्यू होराइजन कलेजका प्रधानध्यापक लोकनाथ उपाध्यायले उद्घाटन गरेका थि