समाजवादी पार्टी कपिलवस्तुको अध्यक्षमा शैलेन्द्र

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – दुई दलको केन्द्रमा एकिकरण पश्चात कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपलिका हलमा शनिवार संघिय समाजवादी फोरम नेपाल तथा नयाँ शतिm पार्टी नेपाल बिच पार्टि समायोजन घोषण सम्पन्न भएको छ । समायोजनमा शैलेन्द्र कुमार यादवको नेृत्तवको ७१ सदस्यीय जिल्ला कार्य समिति सर्ब सम्मत चयन भएका छन ।

समाजवादी पार्टि कपिलवस्तु जिल्लाका उपाध्यक्षमा देव बहादुर भुषाल, अजित कुमार सिंह, राम निवास पुरी त्यसतै सचिवमा चोपलाल राहुल मगर सह –सचिव मो. इरफान रजा मुसलमान कोषाध्यक्ष आरती सिंह चयन भएका छन । अध्यक्ष चयन भएका यादव संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रहेका थिए ।

कार्यक्रममा पार्टिका नेता केन्द्रिय नेता दान बहादुर चौधरी, मंगल प्रसाद गुप्ता, प्रदेश सभा सदस्य सहस राम यादव, देबेन्द्र पाण्डे, प्रदेश नं. ५ का प्रदेश अध्यक्ष अशोक कुमार यादव, प्रदेश महिला समिति अध्यक्ष निलम यादव, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, प्रदेश सदसय बजंरगी चौधरी, प्रदेश नं. ५ का प्रदेश सदस्य एवम युवा नेता अकरम पठान लगायतले जिल्लामा पार्टि एकता पश्चात संघियता, समानता, समृद्घि र समाजवादका मार्गमा अगाडि बढनका लागी बाटो खुलेको बताए ।