वृद्ध दम्पतीको विभत्स हत्या

प्रकाशित मिति:

सिर्जना पन्त/बागलुङ – बागलुङको बोवाङमा एक वृद्ध दम्पत्तीको विभत्स हत्या भएको छ । शनिबार राति ढोरपाटन नगरपालिका–८ बोवाङका ६८ वर्षिय भानबहादुर कामी र उहाँकी श्रीमती ६० वर्षीया विमा कामीको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

स्थानियले आइतबार विहान प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलिले घटनास्थलको पारम्भिक अनुसन्धान गर्दा बञ्चरो प्रहार गरेर वृद्ध दम्पत्तीको हत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको भट्टले जानकारी दिनुभयो ।

भानवहादुरको शव घर नजिककैको मकै बारी र विमाको शव घरभित्रै भेटिएको उहा“ले बताउ“नुभयो । हामिले सुचना पाउ“ने वित्तिकै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेका छौं भट्टले भन्नुभयो अपराधि चा“डै हाम्रो नियन्त्रणमा हुनेछ ।