प्रदेशसभा सांसदनै लुटिएपछी …

प्रकाशित मिति:

काठमाडौं – राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । ‘माननीयज्यू र मसँगै थियौं । झोलामा हात हानेर पर्स झिकेछ’, उनले भनिन्, ‘मान्छे कता गयो, के भयो केही थाहा भएन ।’

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन् । ‘कता गर्ने के गर्ने, सोधिखोजी गरिरहेका छौं’, उनले भनिन् । चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् । – अनलाइनखबर