ओठबाटै यसरी थाहा पाउन सकिन्छ मानिसको स्वभाव

२६ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
49 Shares


मोटरसाइकलको ठक्कर बाट पैदल सामान्यतया मानिसको विभन्न अंगहरु हेरेर स्वभाव थाहा पाउन सकिन्छ । यो विषयमा विभिन्न अध्ययन पनि हुँदै आएका छन् । यहाँ हामीले ओठको विषय उल्लेख गरेका छौं । अध्ययनअनुसार महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिन्छ । अखिर कसरी त ?

कस्तो ओठ, कस्तो स्वभाव ?

रसिलो ओठः रसिलो ओठ भएका व्यक्तिहरु राम्रा, कलालाई माया गर्ने र स्वभावका हुन्छन् । उनीहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् ।

गुलाबी ओठः कुनैपनि व्यक्तिको ओठको रङ गुलाबी छ भने त्यस्त व्यक्तिहरु कुशल व्यवहार, उदार र बुद्धिमानी स्वभावका हुने गर्दछन् । यस्ता मानिसको साथीहरु पनि धेरै हुने अध्ययनले देखाएको छ ।

मोटो ओठः कुनैपनि व्यक्तिको ओठ सामान्यभन्दा मोटो छ भने उनीहरु रिसाहा हुने गर्छन् । त्यस्ता मानिसहरु सानो कुरामै रिसाउने मात्र होइन, जिद्दि स्वभावका पनि हुन्छन् ।

ओठमा कोठी : कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु कामुक स्वभावका हुन्छन् ।

ठूलो ओठः जुन व्यक्तिको ओठ ठूलो हुन्छ त्यस्ता व्यक्तिहरु मिठो खाना खानमा सौखिन हुन्छन् ।

सानो र पातलो ओठ : यदि कुनैपनि व्यक्तिको ओठ सानो र पातलो छ भने त्यस्ता व्यक्ति देखावटी गर्न माहिर हुन्छन् ।

बाहिर निस्किएको ओठः जुन व्यक्तिको ओठ सामान्य भन्दा बाहिर निस्किएको छ भने त्यस्ता व्यक्ति निकै डरपोक स्वभावका हुन्छन् ।

भित्र पसेको ओठः जुन व्यक्तिको ओठ भित्र पसेको छ, त्यस्ता व्यक्ति रहस्यमय स्वभावका हुन्छन् । उनिहरुको कुरा बुझ्न निकै कठिन हुन्छ । यतिमात्र होइन, उनिहरु राम्रा योजनाकार समेत हुन्छन् । – एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया