उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना

प्रकाशित मिति:

एजेन्सी– हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ । १०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर टाढाबाट गएको हो । यसलाई अन्तरिक्षमा निकै नै नजिकको दूरी मानिन्छ ।१.८६० किलोमिटर ब्यास भएको २००६ क्यूक्यू २३ नामक पिण्ड पृथ्वीमा खस्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

यसको सन् २००६ मा पहिचान गरिएको थियो । यो पिण्ड पृथ्वीमा खसेको खण्डमा कुनै आणविक बम भन्दा ५ सय गुणा धेरै विनाशकारी हुने र यसले लाखौं मानिसहरुको ज्यान जानसक्ने अनुमान गरिएको थियो ।सन् २०१३ मा रुसको चेल्याबिन्स्क शहरनजिक धेरै सानो आकारको उल्का खस्दा १५ सय जनाभन्दा धेरै घाइते भएका थिए ।पृथ्वीमा उल्कापिण्डका कारण विभिन्न युगमा महाप्रलय आउने गरेका छन् । साढे ६ करोड वर्षअघि पृथ्वीमा उल्कापिण्ड खस्दा डाइनासोर लोप हुन पुगेका थिए ।