२ दर्जन सैनिक अधिकृतमाथि कारबाही

प्रकाशित मिति:

काठमाडौँ –नेपाली सेनाले नक्कली शैशिक्ष प्रमाणपत्र पेस गरेका केही सहायकरथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरेको छ। उपरथी दर्जामा पदोन्नती हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जनजति अधिकारीमाथि छानविनपछि कारबाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको छ। उनीहरुले पेश गरेका शैक्षिकलगायतका कागजातको वैद्यता नपुगेपछि छानविन प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।