राजनीतिमा लागिन् पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल

प्रकाशित मिति:

काठमाडौँ –सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा विवेकशील पार्टी प्रवेश गरेकी छिन् । उनी साझा पार्टीकी केन्द्रीय सदस्य नियुक्त समेत भएकी छिन् ।पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा २४ वर्षीया प्रियालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्य चयन गरेको हो ।

साझा पार्टीले युवापुस्तालाई जोड्नका लागि प्रियालाई मनोनित गरेको जनाएको छ ।प्रियाले डेभलपमेन्ट स्टडिज विषय लिएर स्नातक गरेकी छन् । उनी महिला सशक्तीकरणका विषयमा पनि सक्रिय छिन् । प्रियाले अब नेपालको भविष्य बनाउन युवापुस्ताको हात रहेकाले आफू साझा पार्टीमा प्रवेश गरेको बताएकी छिन् ।उनले आफूलाई राजनीतिक रुपमा सक्रिय रहेर समाज रुपान्तरणका लागि भूमिका खेल्ने बताइन् ।