बकर इद पर्वको अवसरमा सभापति भरत कुमार शाह द्रारा शुभकामना

प्रकाशित मिति:

सैनामैना –सार्बजनिक लेखासमिती का सभापति तथा नेपाली कांग्रेस का प्रभावसाली नेता भरत कुमार शाह द्रारा इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल अजाहा ९बकर इद० पर्वको अवसरमा आम इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । यहीँ विविधतालेयुक्त समाजलाई सबल र समृद्ध बनाउन यसखाले पर्वले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न सबै समुदायका बीचमा सद्भाव पूर्ण सम्बन्धको खाँचो पर्छ । बकर इद जस्ता पर्वले सद्भाव र भाइचारा बढाउँदै समाज सुधारको अभियानमा योगदान दिंदै आएका छन् ।बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी हाम्रो समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ । यस्ले नै सामाजिक एकतासहितको राष्ट्रियतालाई बलियो बनाउछ । नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ ।

अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ र यस्ता आयोग नगरस्तरसम्मै गठन हुने क्रममा छन् । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो ।बकर इद पर्व ले सबै नेपाली बिचको सामिप्यता लाई नजिक बाट जोडन्ने भन्दै सभापति शाह द्रारा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना गर्नु भएको छ ।