पहिरो प्रभावितलाई शाइन रेसुंगा बैंकको सहयोग

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
37 Shares


रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभावितलाई शाइन रेसुंगा डेभलपमेन्ट बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसहितको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल र पहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरो प्रभावितहरुलाई सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । गाउँपालिकाका अध्यक्ष ढकालले सहयोगका लागि बैंकका कर्मचारीहरुलाई धन्यवाद दिए । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा यही साउन महिनामा गएको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय