लुम्बिनी वाङ्मयको साधारण सभा र कृति समीक्षा सम्पन्न

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
36 Shares


सबलपोस्ट/बुटवल – लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको साधारण सभा, कृति समीक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले समाजलाई रुपान्तरण गर्ने र सबैको मन छुन सक्ने साहित्य सिर्जना गर्न सके मात्र साहित्यको सार्थकता हुने कुरा औल्याए । प्राज्ञ बूँद रानाले समाजमा राजनीतिको फोहोरी खेल र भ्रष्टाचार बढेको प्रसङ्ग उल्लेख गर्दै साहित्य सिर्जना समेत आक्रोश, विरोध र देश दुखेका कुरामा सीमित हुन लागेको प्रति व्यङ्ग्य गरे । कार्यक्रममा कवि महेश पौड्यालको कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ कृतिको समीक्षा कविराज पौडेल र रामचन्द्र श्रेष्ठले गरे भने कवि महेश पौड्यालले नाङ्गै भएर पनि सियोले लाज छोप्ने लुगा तयार गरे जस्तै कविताले हरेक मान्छेको मन जोड्ने खालका कविता सुनाए ।

संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि भाषा, कला, साहित्य र संस्कृतिको विकासका सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, बिजु पछाईको स्वागत र विष्णु विवश पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा पुर्व सांसद देबेन्द्र घिमिरे,योगी कृष्णशरण देवाचार्य सोमराज, प्रा.डा. हिरण्यलाल ज्ञवाली, साहित्यकार ऋषिराम भुसाल, लेखक ऋषि आजाद, कलाधर अर्याल, हुमकान्त पाण्डे, रुद्र ज्ञवाली, जङ्गबहादुर शाह, रमेश समर्थन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कवि महेश पौड्याल,कविराज पौड्याल लगायतलाई सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही