जनकल्याणद्धारा एक लाख बरावरको राहात प्रदान

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
146 Shares


शान्ति तिवारी/नवलपरासी – जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ९ भुताहाले आज एक कार्यक्रममका बिच आफ्ना सदस्य किरण घिमिरे मृत्यू भएको दुखःद घडिमा निजको परीवारलाई रु एकलाख बरावारको राहात प्रदान गरेको छ । संस्थाले पछिल्लो समय सुरु गरेको सदस्य राहात तथा शुरक्षा कार्यक्रम अन्तर्गत सस्थाले आफ्ना सदस्यहरुको असामायीक निधन भएमा रु एक लाख सम्मको राहात प्रदान गर्ने कार्यक्रम राखेको छ । जसमध्ये आज पहीलो राहात प्रदान गरेको हो । मृतकका बुवा जनकराज घिमिरे लाई रु एक लाख रुपैयाको चेक सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले प्रदान गर्नुभएको छ ।

समुन्नत समाजका लागी व्यवसायीकता तथा आत्म निर्भरता सहितको उत्कृष्ट सहकारी सस्थाको परीकल्पना गर्दै अगाडि बढेको यस सहकारीले पछिल्लो समयमा सदस्यहरुको सुख र दुख दुबै क्षणमा कार्य गरीरहेको अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले जानकारी दिनु भयो । पाण्डेका अनुसार सहकारीले सदस्यहरुको बचत र ऋणको मात्रै कार्य नगरी बचत गर्ने र ऋण लिने सदस्यहरुको शुरक्षामा समेत ध्यान दिन थालेको बताउनु भयो । कार्यक्रम माथि सस्थाका सञ्चालक सदस्य एवं सदस्य राहात तथा शुरक्षा कार्यदलका संयोजक प्रकाश न्यौपानेले प्रकाश पार्दै किरण घिमिरेको परीवारलाई मात्र यो दुख नपरे र यो समग्र जनकल्याण साकोसलाई परेको बाताउनु भयो । संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापा क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बालाकृष्ण लम्साल र नन्हिद्र बहादुर क्षेत्री, कार्यसमितिका पदाधिकारी र सदस्य एवं विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया