सिंगापुरबाट फर्किए प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं – स्वास्थ्य उपचारका लागि पत्नी राधिका शाक्य र चिकित्सकको टोलीसहित सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । नियमित जाँच पुरा गरी प्रम ओली थाई एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे फर्किएका छन् ।

ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतको टोली त्रिभुवन विमानस्थल पुगेको थियो । कार्यतालिका अनुसार शुक्रबार नै फर्कीने बताइएपनि स्वास्थ्य जाँचको रिपोर्ट ढिलो आएको बताउदै स्वदेश फर्किने कार्यक्रम पछि सारिएको थियो ।