नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा अर्याल निर्वाचित

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
35 Shares


काठमाडौं – नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा सीता अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । आईतबार साईप्रस स्थित लिमासोल नेपाली भेटघाट रेस्टुरेन्टमा आयोजित समितिको पहिलो अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यक्रम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जसमा विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु र एनआरएनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति एवं केन्द्रीय प्रतिनिधि बिरेन्द्र सिंह कार्की, साईप्रस स्थित नेपाली कन्सुलर डा. राम जीवन पञ्जियार, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूलप्रसाद आचार्य, नेपाली जनसम्पर्क समिति कतारका पूर्व सभापति तथा एनआरएनएका आईसीसी सदस्य विमल सुवेदी लगायतले विशेष अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।

अतिथिको रुपमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनाल र नेपाली काँग्रेसका काभ्रे जिल्लाका कार्यालय सचिव विनोद तिमल्सिना, एनआरएनएका आईसीसी सदस्य रञ्जीत महतो र एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल लगाएतको उपस्थिति रहेको थियो । अधिवेशनबाट सभापति अर्यालका अलावा उपसभापतिहरुमा पुष्पा मिश्र, कर्चुङ लामा ह्योल्मो, महामन्त्रीहरुमा कुमार सिंह मन्याल र सरस्वति तिमल्सिना, सहमहामन्त्रीहरुमा इन्दिरा उप्रेती, पेम्बा ओमु लामा, लक्ष्मी पौडेल, लक्ष्मी काफ्ले निर्वाचित भएका छन् । साईप्रसको कूल ४ क्षेत्रहरुको प्रतिनिधित्व यी ४ महामन्त्रीहरुले गर्नेछन् । अर्काे तर्फ अधिवेशनबाट कोषाध्यक्षमा लक्ष्मिता गुरुङ निर्वाचित भएकी छिन् । त्यस्तै, सदस्यहरुमा सरस्वति भुसाल, कुशुम गुरुङ, चमेली धिताल, रुपक खतिवडा, कृष्ण आचार्य, राम सुन्दर यादव, श्रृटिना महर्जन विजयी भएका छन् ।

धादिङ जिल्लामा महिला संघको तत्कालीन ढोला गाविसमा नयाँ कार्यसमिति गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी अर्याल महिला संघको धादिङ जिल्ला समिति सचिव, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै अहिले नेपाली जनसम्पर्क समिति साईप्रसको अध्यक्ष निर्वाचित भएकी हुन् । कम्युनिष्टहरुको दबदबा रहेको अहिलेको धादिङ क्षेत्र नं १ मा नेपाली काँग्रेसको राजनीति सक्रिय भएकी अर्याल नेपाली जनसम्पर्क समिति साईप्रसकी संस्थापक सभापति पनि हुन् । नेपाली काँग्रेसको विधान अनुसार जनसम्पर्क समितिको सभापति बनेपछि अर्याल अब स्वतः नेपाली काँग्रेसको महासमिति सदस्य पनि बनेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही