कपिलवस्तुमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्‍यु

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
18 Shares

प्रतिकात्मक तस्वीर

कपिलवस्तु – तौलिहवा-भैरहवा हुलाकी सडक खण्डको कपिलवस्तु नगरपालिका-८ दोहनीमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । हुलाकी सडक खण्डको तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-२ अभिरावकी ४२ वर्षीया प्रमिला यादवको ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै छोराले चलाएको मोटरसाइकल पछाडि बसेकी यादव दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको थियो । घाइते यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा ज्यान गएको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनु भयो । घटनालगत्तै फरार भएका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया