एक विद्यालय, एक संकायको विरोधमा विद्यार्थी, सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
118 Shares


भद्रपुर – तोकिएकै विद्यालयमा शिक्षा लिनुपर्ने कचनकवल गाउँपालिकाको निर्णयविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। गाउँपालिको शिक्षा नीति एक विद्यालय, एक संकायको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार हात र निधारमा कालोपट्टी बाँधेर सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ गरेका थिए। कचनकवल ५ स्थित बनियानी बजारमा भेला भएका करिब पाँच सय विद्यार्थीले सिटी जुलुस प्रदर्शन गरी बजार परिक्रममा गर्दै करिब दुई घण्टा गाउँपालिका घेराउ गरेका थिए ।

गाउँपालिका घेराउपश्चात् कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरूले निर्णय सच्याउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै दिएको तीन दिनको अल्टिमेटमभित्र पनि विद्यार्थीले राखेको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको बताए। ‘पहिलो चरणको शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार कालोपट्टी बाँधेर सिटी जुलुस प्रदर्शन गरेका छौ’, अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले भने, ‘यसपश्चात् पनि गाउँपालिकाको नेतृत्व तहले निर्णय नसच्याए गाउँपालिकाविरुद्ध कडा आन्दोलनमा जान्छौँ।’ संविधानमा उल्लेख भएबमोजिम विद्यार्थीले पढ्न पाउने अधिकारलाई कुण्ठित पार्ने खेलमा गाउँपालिका लागेको बताउँदै उनले भने, ‘शिक्षा समितिमा विद्यार्थीको प्रतिनिधित्व गराउन गाउँपालिका चुकेकोले विद्यार्थीको भविष्यमा अन्योल सृजना भएको हो।’ कोणसभामा नेपाल विद्यार्थी संघका जिल्ला सचिव नारायण नेपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विकलगायतले बोलेका थिए। गाउँपालिकामा रहेका माध्यमिक तहका तीन वटा विद्यालयलाई छुट्टाछुटटै संकायमा पठनपाठन गराउने भनी गरेको निर्णयको विरोधमा त्यहाँका विद्यार्थी आन्दोलित बनेका हुन्।

गत साउन १४ गते गाउँपालिकाको निर्णयअनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय, अङ्ग्रेजी माध्यममा र लक्ष्मी प्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अङ्ग्रेजी माध्यममा मात्र पढाउनु पर्ने बाध्यकारी निर्णयले गाउँपालिकाका आम विद्यार्थी वर्गमा मार पर्न गएको हुनाले पहिला जस्तै विद्यार्थी वर्गलाई सर्वसुलभ पायक पर्ने गरी क्रमशः लक्ष्मी मावि, पथरीया मावि र लक्ष्मी प्रसाद देवकोटा माविमा शिक्षा र व्यवस्थापन संकाय दुवै माध्यममा अध्ययन गर्न पाउने भनी विद्यार्थी संगठनहरूले साउन २१ गते बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। – थाहाखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या