प्रधानमन्त्री ओलीद्वारा सेनाले दिने सलामी अस्वीकार

प्रकाशित मिति:

काठमाडौं – स्वास्थ्य उपचार पुरा गरेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले दिने सलामी ग्रहण अस्वीकार गर्नुभएको छ । स्वास्थ्य उपचारका लागि मात्र गएकाले आफ्नो भ्रमण अनौपचारिक भएको बताउदै उहाँले सलामी अस्वीकार गर्नुभएको हो ।

प्रमको स्वास्थ्य स्थितिबारे बुझ्न त्रिभुवन विमानस्थल पुगेका पत्रकारलाई प्रत्रिक्रिया दिन समेत ओलीले अस्वीकार गर्नुभएको छ । पत्रकारले स्वासस्थ्य स्थितिबारे बुझ्न खोज्दा केही दिनमा थाहा पाइहाल्नु हुन्छु भन्दै उहाँ विमानस्थलबाट बाहिरिनुभएको थियो ।

ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतको टोली त्रिभुवन विमानस्थल पुगेको थियो । कार्यतालिका अनुसार शुक्रबार नै फर्कीने बताइएपनि स्वास्थ्य जाँचको रिपोर्ट ढिलो आएको बताउदै स्वदेश फर्किने कार्यक्रम पछि सारिएको थियो । – न्युजफनेपाल