‘तरुणहरुको उर्बराभुमी रुपन्देही हो’ – जन्मजय तिमिल्सिना

प्रकाशित मिति:

बुटवल – तरुण दलका पूर्व केन्द्रिय कार्यबाहक अध्यक्ष जन्मजय तिमील्सिनाले कांग्रेसको उर्बराभुमी बिराटनगर भए जस्तै तरुण हरुको उर्बराभुमी रुपन्देही रहेको ठकुवा गरेका छन ।  तरुण दल बुटवल उप-महानगर समितीले आयोजना गरेको अन्तकृया कार्यक्रममा बोल्दै उनले समाजमा ब्याप्त रहेको भ्रस्टचार ,विकृती लगायतका सामाजिक समस्याहरुको अन्त्य गर्न तरुणदलको अहम भूमिका रहने बताएका छन । उनले अहिलेको बामपंथी सरकार बलात्कार, भ्रस्टचार, सुनकाण्ड देखी अन्य बिषयमा फसेको र मानब अधिकारको हनन गरेको समेत बताए । साथै उनले तरुण दलले सम्पूर्ण तरुणहरुको भबिष्यको सुनोस्चित र बेरोजगारी समस्याको अन्त्य गरी सृजनसिल ढंगले समाजका बिभिन्न् कार्यमा होमिन समेत आग्रह गरेका छन ।

तरुण दल क्षेत्रिय सभापति हसन्त लामाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उप-सभापती फणिन्द्र शर्मा , जिल्ला सचिब राम कृष्ण खाँड , तरुण दलका पूर्व केन्द्रिय सचिब चिरञ्जिबी जोशी ,तरुण दलका जिल्ला सचिब रमेश शाही लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेताहरु तारा बहादुर खनाल , बाशु बस्याल , जमुना ढकाल , अबद बिहारी , किसोर सुबेदी , प्रकाश गैरे ,अमृत गिरी, हरी क्षेत्री , होम क्षेत्री,संजिब बस्याल लगायतको उपस्थिती रहेको थियो । तरुणदल बुटवल उप -महानगर समितीका अध्यक्ष सुजन पुनको अध्यक्षता एबम तरुण नेता मिन बहादुर सेन्चुरीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।