कंञ्चनको गजेडीमा राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

प्रकाशित मिति:

सुरेश परियार –रुपन्देहीको कञ्ंचन गाउँपालिकामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएकोे छ । नेपाली महिलाहरुको महान पर्व हरितालीको तिजको अवसर पारेर संगम स्पोर्टस क्लबको आयोजनामा यहि भदौ १३,१४ र १५गते भलिबल प्रतियोगिता सञ्चालन गराइने आज(सोमबार) पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । स्थानीय क्षेत्रमा खेलको विकास गरि खेलाडीहरुको क्षमता प्रर्दशन गर्ने र सुसभ्य समाज निर्माण गर्ने उदेश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष सन्त बहादुर राना घर्ति मगरले जानकारी दिनुभयो । छैठौ संस्करण सम्म फुटवल खेलाउदै आएको यस क्लबले यस वर्ष पहिलो संस्करणको रुपमा खुल्ला पुरुष भलिबल प्रतियोगता गर्न लागेको अध्यक्ष घर्ति मगरले बताउनुभयो । गजेडीको खेल मैदानमा हुने प्रतियोगता सम्पन्न गर्न अनुमानित २ लाख ५० हजार खर्च लाग्ने खेल संयोजक प्रेम रानाले बताउनुभयो ।गाउँपालिका,वडा कार्यालय,विभिन्न संघ सँस्था र टिम दर्ता लगायतबाट खर्चको स्रोत ज्ुटाइएको रानाले बताउनुभयोे ।प्रतियोगितामा १० टिमले सहभागिता जनाउने छन भने करिब ३० हजार दर्शकहरुको उपस्थिति हुने अपेक्षा आयोजकले गरेको छ ।

कञ्ंचन खेलको उद्गम स्थल भएको कञ्चन गाउँपालिका कार्यापालिका सदस्य तथा कार्यक्रम प्रमुख अतिथि रेनु कुंवर बताउनुभएको छ । खेलकुद क्षेत्रको विकासमा गाउँपालिकाको भुमिका न्यून देखीएको छ भन्ने पत्रकारको प्रश्नमा उहाँले आगामी दिनमा खेलकुदको विकास र स्थानीय खेलाडी उत्पादन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । गजेडीको हाट बजारमा भएको पत्रकार सम्मेलनमा संगम स्पोर्टस क्लबका अध्यक्ष सन्त बहादुर राना घर्ति मगरको अध्यक्षता तथा गाँउपालिका कार्यपालिका सदस्य रेनु कुवंरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा न.२का वडा सदस्य राजेश गुुरुङ,निवर्तमान अध्यक्ष सोमनाथ शर्मा लगायतले बोल्नुभएको थियो । क्लबका सचिब ज्ञान बहादुर छन्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।