सन्देशमुलक लघु फिल्म सन्त्रास को छायांकन धमाधम हुँदै

२७ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
92 Shares


सुदिप गौतम-बुटवल पछिल्लो समयका व्यस्त निर्देशक दिपक परियारको निर्देशनमा सर्ट फिल्म सन्त्रासको छायांकन यतिबेला बुटवल आसपासमा धमाधम भैरहेको छ ।धुम्रपानले स्वास्थलाई हानि गर्दछ यसको सेवन गर्नुहुदैन भन्ने मूल संदेश सन्त्रासमा दिन खोजिएको छ ।धुम्रपान गर्दा गर्दै मृत्यु बरण गरेको र उसको आत्म पनि भद्किदै चुरोट सेवन नगर्न भनी आग्रह गरिएको निर्देशक परियारले सबलपोस्ट लाई जानकारी दिएका छन ।

उक्त सर्ट फिल्ममा बिनय उदय,प्रेम कार्की,सपना परियार,बिष्णु पान्डे,सुदन गौतम सिड,सन्तोष सुबेदी ,सुदिप गौतम र बाल कलाकार बिश्वास पाण्डे को अभिनय हेर्न सकिनेछ ।चलचित्रको कथा सुदन गौतम सिड ले लेखेका हुन् ।साहायक छायांकनमा दुर्गा कुमाल रहेका छन ।उक्त लघु फिल्म छिटै प्रदर्शनमा आउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया