लागुऔषधसहित ५ जना पक्राउ

प्रकाशित मिति:

बारा-बाराबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको फरक फरक स्थानबाट प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा तीन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको मनरा सिश्वा नगरपालिका १ का २३ वर्षीय नरेशकुमार मण्डल र १९ वर्षीय श्यामसुन्दर साहलाई पक्राउ गरेको हो ।