बाउ छोराको भिडन्त ‘एन्टी हिरो’मा अनमोल हिरो भुवन भिलेन`

प्रकाशित मिति:

काठमाडौँ –अभिनेता भुवन केसीले र उनका छोरा अनमोल केसीले स्क्रिन साझेदारी गरेको हेर्न चाहने दर्शकको सङ्ख्या ठुलो रहेको छ ।उनीहरूले छिट्टै नै एकसाथ देखिने घोषणा पनि केही समय अघि नै गरेका थिए । यति बेला दर्शकको त्यो चाहाना पुरा हुने भएको छ ।

चलचित्रको निर्माण पक्का हुनुको साथै नाम पनि जुराइएको छ । ‘एन्टी हिरो’ नाम जुराइएको चलचित्रमा अनमोल हिरोको भूमिकामा देखिनेछन् भने भुवन भने भिलेनको भूमिकामा । तिहारपछि फ्लोरमा जाने चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । केही समय अघि भुवनले दाह्री बढेको प्रसङ्ग निकै चर्चामा आएको थियो । उनले एक कार्यक्रममा आफूले नयाँ चलचित्रको लागी दाह्री पालेको पनि बताएका थिए ।उनले यसै चलचित्रको लागी आफूलाई फरक अवतारमा ढालेका हुन् । पहिलो पल्ट चर्चित बाबु छोराको जोडीले स्क्रिन साझेदारी गर्दै छ ।