अमेरिकामा आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियामा कडाइ

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
47 Shares


एजेन्सी –अमेरिकी सरकारले वैधानिक रुपमा अमेरिकामा रहेका आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियालाई कडा पारेको छ परिवर्तित नियमअनुसार सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित रहने आप्रवासीहरु प्रभावित हुने छन् । सरकारको आप्रवासनसँग सम्बन्धित नियममा गरेको परिवर्तनले भविष्यमा अमेरिकी सरकारको सेवामा आश्रित हुने आप्रवासीहरु प्रभावित हुनेछन् ।

ह्वाइट हाउसले यो कदम अमेरिकी नागरिकको हितको रक्षाका लागि आवश्यक भएको बताएको छ । उसले आप्रवासी आत्मनिर्भर हुनुपर्नेमा जोड दिएको छ ।अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवहाक निर्देशक केन कच्चिनेलीले नयाँ नियमको घोषणा गरेका हुन । उनले ग्रिन कार्ड निवेदन दिने व्यक्तिको वित्तीय स्थिति, शिक्षा, उमेर तथा उसको अंग्रेजी भाषामा रहेको दक्षतालाई आधार बनाएर निर्णय हुने बताएका छ ।सोमबार संघीय रजिस्टारमा ‘पब्लिक चार्ज रुल’मा नयाँ नियम प्रकाशित भएको छ । तर यो अक्टोबर १५ बाट मात्रै लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया