शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा मुद्दा

प्रकाशित मिति:

काठमाडौं – शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । शिक्षक सेवा आयोगले खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ र १२ कक्षामा पढाउने शिक्षकहरुलाई नसमेटेको भन्दै अहिलेको विज्ञापनको खारेजी र नयाँ पाठ्यक्रम बनाइ सोहीअनुसार अर्को विज्ञापन गर्न माग राख्दै हिस्टुनले मुद्दा दर्ता गराएको हो ।

हिस्टुनका अध्यक्ष पुष्प न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेस हमाल, झुप केसीसहित ६ जना शिक्षकहरु सोमबार १० बजे नै सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले दायर गरेको मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।