सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुग्यो, चाँदीको १० रुपैयाँ बढ्यो

प्रकाशित मिति:

काठमाडौँ – तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारको तुलनामा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ ।

पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री भएको छैन ।