प्रदेश ५ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
5 Shares


बुटवल – प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार भएको सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षको सपथसँगै उक्त प्रदेशमा कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई ।

फेसबुकबाट तपाईको प्रतिक्रिया